गलत ब्लड ग्रुपको रगत चढाएका कारण सुत्केरी महिलाको मृत्यु

गलत ब्लड ग्रुपको रगत चढाएका कारण सुत्केरी महिलाको मृत्यु

काठमाडौँ – जनकपुरमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । चिकित्सक तथा रेडक्रसकर्मीको लापरवाहीका कारण जनकपुरको एउटा निजी अस्पताल राम जानकी हस्पिटलमा भर्ना भएकी प्रसुती महिलाको ज्यान गएको हो ।

गलत ब्लड ग्रुपको रगत चढाएका कारण उनको मृत्यु भएको हो । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ की २१ बर्षीय गंगा देवी महतोको शुक्रबार ९ बजे मृत्यु भएको छ ।

‘ओ पोजिटिभ’ ग्रुपको रगत चढाउनु पर्नेमा  ‘बी पोजेटिभ’ ग्रुपको रगत चढाउँदा बिरामीको मृत्यु भएको हो । प्रसुती डेलिभरी गराउनका लागि हिजो बिहीबार ४ बजे उक्त अस्पतालमा भर्ना गरिएको मृतक गंगाको पति राज किशोर महतोले बताए ।