पाटन अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

काठमाडौँ – ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय  पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । 

निर्देशक डाक्टर शर्माले उपचारको क्रममा उनको बिहीबार राति मृत्यु भएको बताउनुभयो । उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय कोरोना  संक्रमित पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ ।

ति कोरोना संक्रमित पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रिफर गरेर पाटन अस्पताल ल्याइएको थियो ।