नारायणकाजीलाई विष्णु रिमालले भने : प्रवक्ता पदको लाज त जोगाउनुस्

नारायणकाजीलाई  विष्णु रिमालले भने : प्रवक्ता पदको लाज त जोगाउनुस्

काठमाडौँ - प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठबारे तितो टिप्पणी गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गरेका छन्, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’

मुलुक संवेदनशील मोडमा रहेको भन्दै उनले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भनेका छन् । रिमाज निकट स्रोतका अनुसार पछिल्लो समय प्रचण्ड र माधवकुमार नेपाल समूहले पार्टीसम्वद्ध पत्रकार र सम्पादकहरुसँग गरेको भेट तथा छलफललाई लक्षित गरेर यो ट्वीट गरेका हुन् ।