विवादित ठेकेदार शारदाप्रसादका कारण रसायनिक मलको अभाव, ठेक्का कब्जा गरे मल ल्याएनन्

विवादित ठेकेदार शारदाप्रसादका कारण रसायनिक मलको अभाव, ठेक्का कब्जा गरे मल ल्याएनन्

काठमाडौँ - विवादित ठेकेदार शारदाप्रसाद अधिकारीका कारण यस वर्ष रसायनिक मलको हाहाकार हुने भएको छ । अन्नबालीका लागि रासायानिक मल हाहाकार भैसेको छ तर पनि आपूर्तिको ठेक्का पाएका विवादित ठेकेदार शारदाप्रसाद अधिकारी कानमा तेल हालेर बसिरहेका छन् । 

बालीनाली मल नभएर बिजोग अवस्था हुँदा पनि ठेकेदार अधिकारी भने मल ल्याउन भन्दा पनि डेरावालको वरिपरि घुमेर नयाँ नयाँ ठेक्का हत्याउने ध्याउन्नमा लागेका छन । अधिकारीलाई समयमा मल पुर्याई आफ्नो जिम्मेवारी पूरा गर्ने तर्फ कुनै मतलब छैन । तर नयाँ नयाँ ठेक्काका निम्ति प्रचण्डको वरिपरि घुमेर च्याँखे थापिरहेका हुन्छन ।

समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनामको भारीले थिचिएको अधिकारीको शैलुङ कन्स्ट्रक्सले केही महिना अघि रासायनिक मलका लागि २ अर्ब १४ करोड रुपैयाँ ठेक्का पाएका थिए ।

प्रचण्डको दबाबमा अर्बौंको सडक, पुलको ठेक्का लिने, निश्चित प्रतिशत पैसा पहिले नै बुझ्ने र काम नगरी नयाँ ठेक्का हत्याउने ठेकेदारका रुपमा अधिकारीको पहिचान रहेको छ ।

शैलुङ कन्स्ट्रक्सन अन्तर्गतकै शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडबीच साँढे पाँच लाख क्विन्टल ९५५ हजार टन० रासायनिक मल खरिद सम्झौता भएको थियो । शैलुङमार्फत करिब दुई अर्ब १४ करोड रुपैयाँको युरिया मल खरिद गर्ने सम्झौता भएको थियो तर अहिलेसम्म एक बोरा मल पनि उनले ल्याएका छैनन्  । 

कितसम्म भने ठेक्का पाएको महिनौं बितिसक्दा मल आपूर्ति भएको छैन । कैयौं पटक ताकेता पनि भएको छ उनले काम गर्न मानिरहेका छैनन् । यसमा कृषिमन्त्री घनश्याम भुषालकै पनि शंकास्पद भूमिका रहेको पाइन्छ ।