पहिरोमा परी बैतडीमा आमाछोराको मृत्यु

पहिरोमा परी बैतडीमा आमाछोराको मृत्यु

काठमाडौँ - बैतडीमा पहिरोमा परी आमाछोराको मृत्यु भएको छ । गएराति घरमाथिबाट पहिरो जाँदा डिलाशैनी गाउँपालिका वडा नम्वर ४ का आनसीह बोहराकी श्रीमती ४० वर्षीय पशुपति वोहरा र निजका १२ वर्षीय छोरा रिकेश वोहराको मृत्यु भएको हो ।

गएराति १ बजेतिर पहिरो आउँदा उनीहरू घरसँगै पुरिएका थिए । उनीहरूको शव विहान ७ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक किसन चन्दले बताउनु भयो  ।

मृतक आमाछोरासँगै पहिरोमा घर लगायत पशुचौपाया सरसामान सबै पुरिएका छन् । मृतकहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा ल्याउन लागिएको छ ।