यसकारण चिसियो रक्षा मन्त्रालय र सेनाको सम्बन्ध (भिडियोसहित)

यसकारण चिसियो रक्षा मन्त्रालय र सेनाको सम्बन्ध  (भिडियोसहित)

काठमाडौँ - देशको सम्मानित संस्थाको रुपमा परिचित नेपाली सेनाको कामकारवाही माथि समेत राजनीतिकीकरण हुन थालेपछि रक्षामन्त्रालय र जंगी अड्डाबीचको सम्बन्धमा चिसोपना देखिएको टिप्पणी हुनथालेको छ । सेनालाई अनावश्यक जिम्मेवारी दिएर कामकारबाहीको विषयमा सरकारको असन्तुष्टि चुलिएपछि दुईसंस्थाबीचको सम्बन्ध चिसिएको हो ।

पछिल्लो समय सरकारले नेपाली सेनालाई अनावश्यक जिम्मेवारी दिएर विवादमा तानेको चर्चा चलिरहँदा रक्षा मन्त्रालय र जंगी अड्डाबीचको सम्बन्ध पनि चिसिन थालेको छ । रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सेनाको कामकारवाही चित्तबुझ्दो र समय सान्र्दभिक नदेखिएको प्रतिक्रिया दिएका छन् । यसैकारण पनि दुईपक्षबीच मतभेद बढेको हो ।

शान्ति र सीमा सुरक्षाको जिम्मा पाएका सेनालाई सरकारले सडक निर्माणको जिम्मा दिँदै आएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि सेनाले औषधी खरिददेखि सडकमा उभिने जिम्मा समेत पाएको छ । देशको संवेदनशील संस्थालाई  झिनामसिना काम दिएर विवादमा मुछेको आरोप पनि चुलिएको छ । दुईपक्षीय विवादका कारण सम्बन्धमा चिसिएको सन्र्दभमा प्रधानसेनापति पूर्णचन्द्र थापाले जिम्मेवारीप्रति गर्व महशुस गर्नुको सट्टा लज्जाबोध भएको प्रतिक्रिया दिएका छन् ।

सेनालाई निष्कपक्ष रूपमा काम गर्न दिनुको साटो हरेक क्षेत्रलाई राजनीतिक चलखेलको मैदान बनाउन खोजिएको प्रधानसेनापति थापाको गुनासो छ । यसै सन्र्दभमा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान सरकारको कार्यशैलीप्रति यसरी असन्तुष्टि व्यक्त गर्छन् ।

राज्यका निष्पक्ष र मर्यादित संस्थाहरुमा बढ्दो राजनीतिकरणका कारण भ्रष्टाचार मात्रै होइन जनविश्वास समेत घट्दै गएको छ । यति संवेदनशील विषयमा पनि सरकारको ध्यान जान सकेको छैन ।