काठमाडौँ कोरोनाको हटस्पट बन्न सक्ने, तत्काल लकडाउन आवश्यक छ कि छैन ? (भिडियोसहित)

काठमाडौँ कोरोनाको हटस्पट बन्न सक्ने,  तत्काल लकडाउन आवश्यक छ कि छैन ?  (भिडियोसहित)

काठमाडौँ - पछिल्ला दिनहरुमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितहरुको संख्या बढिरहेपछि काठमाडौँ कोरोनाको हटस्पट बन्न सक्ने खतरा देखिएको छ । 

कोरोनाको जोखिम बढेसंगै सरकारले काठमाडौं भित्रने नाकामा कडाई गरेको दाबी गरिरहेको छ । तर नाकामा पुग्दा सरकारको दाबी झुटो लाग्छ । 

बुधवार काठमाडौँ उपत्यकामा एकै दिन १ सय २ जना कोरोना संक्रमित थपिए । अघिल्लो दिन ६२ जना कोरोना संक्रमित थपिएको उपत्यकामा कोरोनाको हटस्पष्ट बन्न सक्ने संभावना विज्ञहरुले औलाएका छन् । कोरानाको हटस्पट बन्नबाट जोगाउने उपाय भनेको परीक्षणको दायर बढाउनु र नाकामा कडाई गर्नु नै हो । तर, सरकारले यि दुवै काम गर्न आवश्यक देखेको छैन् । यो दृश्य हेर्नुहोस् ।

यो दृश्य काठमाडौँ भित्रने मुख्य नाका भन्दा केही पर दक्षिण भेगमा रहेको बाणभन्ज्याङको हो । न यहाँ प्रहरी चेकिङ छ, न कोरोना परीक्षण नै भैरहेको छ । काठमाडौंसंग जोडिएको धादिङसहित विभिन्न जिल्लाबाट आएका सर्वसाधरण यसरी निर्वाध रुपमा काठमाडौं प्रवेश गरिरहेका छन् । दैनिक पाँच सय देखि हजार जनासम्म यो नाकाबाट राजधानी भित्रने गरेको स्थानीयबासी बताउँछन् ।

आश्चर्यको कुरा यसअघि एउटा पनि ट्याक्सी नपुग्ने स्थानमा अहिले दजैर्नौ ट्याक्सी र उपत्यकामा चल्ने सवारी साधनको लाईन लाग्न थालेको छ । उपत्यका भित्रने व्यक्तिहरुलाई ओर्सानकै लागि यहां अस्थायी बसपार्क नै बनेको छ । यसरी यहां आउने वसहरुले सर्वसाधरणबाट मनपरी भाडा उठाउने र कोचेर यात्रा गराउने गरेका छन् ।

वाणभन्ज्याङ भन्दा तल करिब आधा घण्टाको दुरीमा रहेका खत्री पौवा भन्ने स्थानसम्म बसले ल्याइदिने र त्यहांबाट उकालो लागेर आएको राजधानी भित्रनेहरुको भनाइ छ ।

अहिले पनि नाकाबाट बालबच्चा बोकेका महिला, वृद्धहरु लस्करका लस्कर भित्रिरहेका छन् । यसरी भित्रनेहरुलाई न क्वारेन्टाइनमा बस्न लगाइन्छ न पीसीआर जाँच नै गरिन्छ । बेलाबेला प्रहरी छड्के चेकिङमा त पुग्छ, त्यहिबाट फर्काएजस्तो गर्छ र फर्किन्छ । यसले गर्दा उपत्यकामा कोरोनाको जोखिम थप बढिरहेको छ । यसतर्फ राज्यले बेलैमा ध्यान दिन जरुरी छ ।