विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख नाघ्यो

काठमाडौं -  विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख ३८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ९२ लाख ३८ हजार २१ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । 
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख १६ हजार ५४८ पुगेको छ । 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।