काठमाडौंको चुच्चेपाटीमा एसिड आक्रमण, आमाछोरी घाइते

काठमाडौंको चुच्चेपाटीमा एसिड आक्रमण, आमाछोरी घाइते

काठमाडौं - काठमाडौंको चुच्चेपाटीमा स्थित एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् । 
एसिड आक्रमणबाट घाइते हुनेमा आमाछोरी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति एसिड आक्रमण भएको हो भने घटनामा संलग्न भनिएका राजन विष्ट पक्राउ परेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएकाे जनाएकाे छ । केही साताअघि मात्रै काठमाडौंको सितापाइलामा पनि एक युवतीमाथि एसिड आक्रमण भएको थियो ।