पार्टी विवाद उत्कर्षमा, ओली र प्रचण्ड पक्षका नेताहरुको छुट्टाछुट्टै बैठकको अर्थ के हुन सक्छ ?

काठमाडौँ  - पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई शनिबार साँझ ७ बजे बालुवाटार बोलाएका छन् । आफ्नै पार्टी नेकपाका नेताहरुले राजीनामा मागिरहेको र पार्टी बैठकसमेत स्थगित भइरहेको बेला मन्त्रीहरुलाई बोलाइएको हो ।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुले स्थायी कमिटी बैठकमा राजीनामा मागेपछि प्रधानमन्त्री ओली बैठकमै जान छोडेका छन् । शनिबारका लागि बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । पार्टी विवाद उत्कर्षमा पुगेका बेला बसेको यी बैठकहरुको अर्थ के हुन सक्छ ? थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।