गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ  - गण्डकी प्रदेशमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँका २ र बाग्लुङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ९१ पुगेको छ ।

देशभर देशभर कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९४ पुगेको छ । संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ  भने ६ हजार ४ सय १५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ३३ हजार १ सय २५ जना रहेका छन् । ९ हजार ४२ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।