कोरोनाले विदेशमा हालसम्म १४३ नेपालीको मृत्यु, संक्रमितको दर झन्डै २९ हजार

कोरोनाले विदेशमा हालसम्म १४३ नेपालीको मृत्यु, संक्रमितको दर झन्डै  २९ हजार

काठमाडौँ  - कोरोना भाइरसको संक्रमणका कारण विभिन्न १४ देशमा रहेका १ सय ४३ नेपालीको मृत्यु भएको छ । एनआरएनएका अनुसार  अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, ओमानलगायत देशमा रहेका नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको हो ।

विदेशमा रहेका २८ हजार ९ सय १८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । २५ हजार २ सय २६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसबीचमा विभिन्न देशमा अलपत्र परेका २१ देशका १८ हजार २ सय ९३ जनाको उद्दार गरिएको छ । अफगानिस्तान, अष्ट्रेलया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरब, सिंगापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपाली घर फर्किएका हुन् ।

यो अवधिमा विदेशमा मृत्यु भएका ३ सय ५२ जना मध्ये ११५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ भने बाँकी शब १०५ शवको व्यवस्थापन गर्न बाँकी छ । १ सय ३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।