कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ  -  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी महाधिवेशन र समसामयिक विषयमा छलफल हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । गत बुधबार बसेको बैठक पार्टीकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित गरिएको थियो ।

गत मंगलबारबाट सुरु भएको बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयकलगायतका विषयमा छलफल भइरहेको छ ।  गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिबेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो । कांग्रेसले महाधिबेशन कार्यतालिका तय गरे पनि लकडानका कारण प्रभावित भएको छ ।