जर्मन कपको उपाधि बार्यले जित्यो

जर्मन कपको उपाधि बार्यले  जित्यो

काठमाडौँ  - बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । लेवरकुसनको मैदानमा बायर्नलाई च्याम्पियन बनाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।

यस्तै डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक–एक गोल गरे । लेवरकुसनका काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक–एक गोल फर्काएका थिए । यससँगै बायर्नले २० औं पटक जर्मन कपको उपाधि जितेको छ ।

बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो । जर्मन कपको उपाधि २० पटक जित्ने बायर्न एक्लो टिम हो । बायर्नको यो सिजनको दोस्रो उपाधि समेत हो । बायर्नले यसअघि बुन्डेसलिगाको उपाधि जितिसकेको छ ।