ओलीले मन्त्रीहरुलाई भने : स्थिति एकदम जटिल छ, आफ्नो कित्ता छुट्याउनुहोस्

ओलीले मन्त्रीहरुलाई भने : स्थिति एकदम जटिल छ, आफ्नो कित्ता छुट्याउनुहोस्

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्न मन्त्री र सल्लाहकारहरुलाई बालुवाटार बोलाएर आफूले ‘बाइ स्टेप बाई फोर्स’ कदम चाल्न लागेको र मन्त्रीहरुले आफ्नो कित्ता छुट्याउनु पर्ने बताएका छन् ।

‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘हुल्लडहरुको समुह स्थायी कमिटीले गरेको निर्णय म मान्दिन । स्थिति एकदम जटिल छ, हरेकले निर्णय गर्नुपर्ने बेला आएको छ ।’

पछिल्लो परिस्थितिबारे परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परामर्श बैठक सो धारणा राखेका हुन् ।

पार्टीमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेका बेला उनले मन्त्री र सल्लाहकारहरुसँग परामर्श गरेका हुन् । उनले शनिबार साँझ गरेको सो बैठकमा पछिल्लो परिस्थितिबारे परामर्श गरेको उनका सल्लाहकारहरुले बताएका छन् ।

‘समसामयिक परिस्थीतिका बारेमा मन्त्रिमण्डलका सदस्यहरुलाई जानकारी गराउनका लागी प्रधानमन्त्रीज्यूले अहिले सांझ जारि बैठक बोलाउनु भएको हो,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताएका छन् ।