इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग वार्टफोर्ड ४–० गोल अन्तरले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग वार्टफोर्ड ४–० गोल अन्तरले पराजित

काठमाडौँ  -  इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वार्टफोर्डविरुद्ध फराकिलो जित निकालेको छ । सिटीले वाट्फोर्डलाई ४–० गोल अन्तरले पराजित गरेको हो । वाट्फोर्डको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई तथा फिल फोडेन र एम्रिक लापोर्टेले एक–एक गोल गरे ।

जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ । सिटीले च्याम्पियन तथा लिग लिडर लिभरपुलसँगको अंक दुरी समेत घटाएको छ । सिटी लिभरपुल भन्दा १५ अंकले पछि रहेको छ । लिभरपुलको ९३ अंक रहेको छ । १७ औँ स्थानमा रहेको वाट्फोर्डको ३४ अंक रहेको छ । यस्तै आज बिहान सकिएको निकै प्रतिस्पर्धात्मक खेलमा एस्टन भिल्लाले आर्सनललाई १–० गोल अन्तरले पराजित गरेको छ ।