१३ औं सागका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान खेलकुद विभागले गर्ने निर्णय

१३ औं सागका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान खेलकुद विभागले गर्ने निर्णय

काठमाडौँ  - नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले खेलकुद क्षेत्रको बृहत्तर विकासलाई ध्यानमा राखेर गत १३औं साग खेलका स्वर्ण पदक विजेताहरूलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।

विभागको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा संयोजक मोहनबहादुर बस्नेतले सागगेमका पदक विजेतालाई यथाशीघ्र कार्यक्रम गरी नगदसहित सम्मान गर्ने जानकारी दिएका छन् ।