युभेन्ट्सद्वारा लाजियो २–१ गोल अन्तरले पराजित

युभेन्ट्सद्वारा लाजियो २–१ गोल अन्तरले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डो चम्किएपछि सिरि ए कप फुटबलमा युभेन्ट्सले लाजियोलाई २–१ गोल अन्तरले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सको जितमा दुबै गोल रोनाल्डोले गरे । रोनाल्डोले पेनाल्टीमार्फत युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पाउलो ड्याबालाको पासमा रोनाल्डोले दोस्रो गोल पनि गरेका थिए ।

सिरो ईम्मोबिलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई खेलमा फर्काउने कोसिस गरेपनि सफल हुन सकेन् । रोनाल्डो सिरि ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । रोनाल्डो र ईम्मोबिल सिरिएको सर्वाधिक गोलको दौडमा ३० गोल गर्दै अघि देखिएका छन् ।

युभेन्ट्सलाई लगातार नवौं लिग उपाधि जित्न अब ४ अंक मात्र आवश्यक छ । जबकी युभेन्ट्सले ४ खेल खेल्न बाँकी नै छ । पछिल्लो जितसँगै शीर्ष स्थानको युभेन्ट्सको ८० अंक भएको छ ।