नेपाल राष्ट्रबैंकले साउनको पहिलो हप्ताभित्र मौद्रिक नीति ल्याउने तयारी (भिडियोसहित)

काठमाडौँ  -  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको गृहकार्य गरिरहेको छ । कोरोना महामारीका कारण मारमा परेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले के–कस्तो व्यवस्था गर्ला भन्ने यतिबेला आम चासोको विषय बनेको छ ।

नेपाल राष्ट्रबैंकले साउनको पहिलो हप्ताभित्र आगामी आर्थिक बर्षको मौद्रिक नीति ल्याउने तयारी  गरेको छ । कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र बचाउन मौद्रिक नीतिले योगदान गर्ने विश्वास गरिएको छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।