परराष्ट्रले भन्यो : अयोध्यालाई होच्याउने प्रधानमन्त्रीको मनसाय होइन

परराष्ट्रले भन्यो : अयोध्यालाई होच्याउने प्रधानमन्त्रीको मनसाय होइन

काठमाडौँ   -  परराष्ट्र मन्त्रालयले भगवान् रामको जन्मभूमि भारत नभई नेपाल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको बचाउ गरेको छ । भारतले ‘नक्कली अयोध्या’ खडा गरेको भन्ने अभिव्यक्तिले प्रधानमन्त्रीको चर्को आलोचना भएपछि मन्त्रालयले त्यसको बचाउ गर्दै ओलीको अभिव्यक्ति कुनै राजनीतिसँग नजोडिएको प्रतिक्रिया दिएको हो ।

मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्ति सांस्कृतिक आस्थामाथि कुनै चोट पुर्याउने किसिमको नभएको स्पष्ट पारेको छ । भानुजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि त्यसको चर्को आलोचना हुँदै आएको छ ।