चौरजहारी घटनाबारे अध्ययन प्रतिवेदन सभामुखलाई बुझाइयो

चौरजहारी घटनाबारे अध्ययन प्रतिवेदन सभामुखलाई बुझाइयो

काठमाडौँ – रुकुमपश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा दलित युवकको हत्याबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । सोमबार सिंहदरबारस्थित संसद सचिवालयमानै पुगी संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन बुझाउनुभएको हो ।

प्रेमिकासँग विहे गर्न भनी रुकुमको चौरजहारी नगरपालिका सोती आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु केटी पक्षका आफन्तको आक्रमणबाट मारिएका थिए ।

उक्त घटनामा ६ जनाको मृत्यु भएको थियो । २०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।