ग्रान्डी, ह्याम्स र नेपाल मेडिकल छानबिनको दायरामा

ग्रान्डी, ह्याम्स र नेपाल मेडिकल छानबिनको दायरामा

काठमाडौँ   - उपत्यकाका निजी अस्पतालले स्वीकृति बिना नै कोरोना भाइरसको परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्ने भएको छ ।

ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीस्थित नेपाल मेडिकल कलेजले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्न लागिएको हो ।