नेपाल आइन् अभिनेत्रि मनिषा कोइराला

नेपाल आइन् अभिनेत्रि मनिषा कोइराला

काठमाडौँ - काठमाडौँ  बलिउड अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छन् ।

भैरहवा (बेलहिया) नाका हुँदै उनी आमा बुबासहित नेपाल आएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिनु भयो । “बेलहिया नाका भएर आमाबुबासहित आउनुभएको छ । तर, हामीसँग समन्वय भएको छैन। सायद होटलमा क्वारेन्टाइनमा बस्नुहुन्छ होला”, एसपी थापाले भने ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको पूर्ण नक्शा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय सञ्चारमाध्यमले उनलाई विवादमा तानेका थिए। अनावश्यक विवादमा तानिएपछि उनी नेपाल आउने प्रयासमा थिइन् ।  

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको पूर्ण नक्शाबारे गरेको ट्वीटलाई उनले रिट्वीट गर्दै त्रिदेशीय समझदारीका आधारमा समस्याको समाधान गर्नुपर्ने बताएकी थिइन्। त्यही विषयलाई लिएर भारतीय मिडियाले विवादमा तानेका थिए ।  

नेपालले पूर्ण नक्शा सार्वजनिक गरेसँगै नेपाल-भारतबीच विवाद उत्पन्न भएको छ । विशेषगरी भारतीय मिडियाहरूले अनावश्यक टीकाटिप्पणी गर्दै आएका छन् ।