राजकिशोर यादवको प्रश्न : नेपालको नक्सा खुम्च्याएर संविधान जारी गर्ने अपराध कस्ले गर्‍यो, तिनलाई दण्ड दिनु पर्दैन ?

काठमाडौँ - सरकारले हालै भारतले अतिक्रमण गरेको भूभागसमेत समेटेर नेपालको राजनीतिक र प्रशासनिक नक्शा जारी गरेपछि संविधानमा रहेको निशान छाप अद्यावधिक गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गराइसकेको छ । उक्त संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश भइसकेको छ र त्यो संशोधनको प्रक्रियामा अगाडि बढिसकेको छ ।  

तर समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले  नेपाली भूभाग अहिलेसम्म नक्सामा नसमेटेर महाकाली सन्धि गर्नेहरुलाई कारबाही नभएसम्म संविधान संशोधनका लागि सहमत नहुने राजपाका नेता राजकिशोर यादवको बताउनु भयो । 

नेपालको संविधान जारी हुनुअघिदेखि मधेस केन्द्रित दलहरुले संविधानका कतिपय विषय संशोधन हुनुपर्ने पटकपटक विरोध, धर्ना र संसद समेत अवरोध गर्दै आएका छन् । आफ्नो माग पूरा भएमात्रै सरकारी विधेयकमा समर्थन जनाउने भन्दै राजपा र समाजवादी पार्टीले गैरसरकारी विधेयक दर्ता गराएका छन् । संविधानले मधेशी जनताको अधिकार सुरक्षित नगरेको र पटकपटक झुक्याएको भन्दै संविधान संशोधनको मुद्दालाई सम्बोधन गर्न माग गर्दै आएका छन् । 

यसैबीच समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले अर्को प्रस्ताव दर्ता गराएपछि उनीहरूले नक्शा अद्यावधिक गर्ने सरकारी विधेयकको प्रस्तावमा कता भोट हाल्लान् भन्ने प्रश्न उठेको छ । कतिपयले सरकारी प्रस्तावलाई काउन्टर दिन पनि समाजवादी पार्टी र राजपाले नयाँ प्रस्ताव दर्ता गराएको बताएका छन् । यसै सन्दर्भमा राजपाका नेता राजकिशोर यादवसँग  योहो टेलिभिजनको  बिशेष सन्दर्भमा गरिएको कुराकानी । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।