भारतमा आयोजना हुने फिफा यू–१७ महिला विश्वकपको नयाँ मिति तय, कोरोना महामारीले स्थगित प्रतियोगिता अर्को वर्ष हुने

भारतमा आयोजना हुने फिफा यू–१७ महिला विश्वकपको नयाँ मिति तय, कोरोना महामारीले स्थगित प्रतियोगिता अर्को वर्ष हुने

काठमाडौँ  - भारतमा आयोजना हुने फिफा यू–१७ महिला विश्वकप फुटबलको नयाँ मिति तय भएको छ । कोरोना भाईरसको महामारीको कारण स्थगित प्रतियोगिता अर्को वर्ष हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप सन् २०२१ को फेब्रुवरी १७ देखि ७ मार्चसम्म हुने जनाएको छ ।

यस अघि प्रतियोगिता यहिँ नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न पाँच शहरमा हुने तय थियो । यस्तै फिफाले यू–२० महिला विश्वकप आगामी वर्षको जनवरीमा गर्ने जनाएको छ । कोस्टारिका र पानमामा तय भएको प्रतियोगिता जनवरी २० देखि ६ फेब्रुवरीसम्म हुनेछ ।

यस अघि सेप्टेम्बर र अगष्टमा तय भएको थियो । फिफाले लिथुनियामा हुने फुटसलको विश्वकपको समेत नयाँ मिति तय गरेको छ । फिफाले सन् २०२१ को सेप्टेम्बर १२ देखि ३ अक्टोबरसम्म हुने जनाएको छ ।।