एउटै खेलमा पाँच खेलाडी परिवर्तन गर्न फिफाको अनुमती

एउटै खेलमा पाँच खेलाडी परिवर्तन गर्न फिफाको अनुमती

काठमाडौँ  - विश्व फुटबल महासंघ फिफाले पाँच खेलाडी परिवर्तन गर्न अनुमती दिएको छ । क्लबले खेलका दौरान पाँच खेलाडी परिवर्तन गर्न पाउने भएका हुन् । कोरोनाका कारण रोकिएको फुटबल सुरु हुने बित्तिकै क्लबले एउटै खेलमा ५ खेलाडी परिवर्तन गर्न पाउने भएका छन् ।

खेलको नियम नियन्त्रण गर्ने निकाय अन्तराष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी)ले खेलाडीको सुरक्षाका लागि थप खेलाडी परिवर्तन गर्न पाउने नियममा सहमती जनाएको बताएको छ । आईएफएबीले फिफा समक्ष नयाँ नियम स्विकृतीका लागि आग्रह गरेको थियो । फिफाले सबै प्रतियोगितामा सो नियम लागू गर्न निर्देशन दिएको हो ।

उसले यस बर्षको डिफेम्बर ३१ भित्र सञ्चालन हुने सबै प्रतियोगितामा सो नियम लागू गर्न निर्देशन दिएको हो । युरोपका धेरै प्रतियोगिता सहित युरोपा लिग र च्याम्पियन्स लिगका अधिकांश खेल बाँकी छन् ।