थप १९ जनामा कोरोना संक्रमण पुष्टि

थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ  - शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ । थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २५ पुगेको छ । अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।