अफ्रिकामा कोरोनाका संक्रमित एक लाख नाघे

अफ्रिकामा कोरोनाका संक्रमित एक लाख नाघे

काठमाडौँ  - अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या एक लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार दिएको जानकारी अनुसार अहिले अफ्रिकाका सबैजसो मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

अहिलेसम्म अफ्रिकामा कोरोना भाइरसबाट तीन हजार एक सय मानिसको मृत्यु भइसकेको छ । डब्ल्यूएचओका अफ्रिकाका निर्देशक मात्सिडिसो मोएटीले पछिल्लो समय अफ्रिकामा कोरोना भाइरसको महामारी बिस्तारै फैलिँदै गइरहेको बताए ।