भक्तपुरमा एकसहित थप ९ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ५ सय १६ पुग्यो

भक्तपुरमा एकसहित थप ९ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ५ सय १६ पुग्यो

काठमाडौँ - नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भक्तपुर, मकवानपुर, सप्तरी र बारामा नयाँ संक्रमित फेला परेका हुन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ र किटजन्य रोग तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा ७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

नयाँ संक्रमितमा मकवानपुरकी ५४ वर्षीया महिला, भक्तपुरकी ५२ वर्षीया महिला,  सपतरीका ३५ वर्षीया पुरुष र बाराका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष छन् ।