मकवानपुरमा ३३ किलो गाँजा र भरुवा बन्दुकसहित एक पक्राउ

मकवानपुरमा ३३ किलो गाँजा र भरुवा बन्दुकसहित एक पक्राउ

काठमाडौँ - मकवानपुरमा ठुलो परिमाणमा लागु औषध गाँजा र हतियारसहित प्रहरीले एक व्यक्तिलाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ बस्ने ४० वर्षीय रामचन्द्र प्रजा रहेका छन् । उनको साथबाट भरुवा बन्दुक थान–१, बन्चरो थान–१, खुकुरी–थान १ र लागु औषध गाँजा ३३ किलो फेला परेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय डिपार्ट सामुदायिक जंगलको गोरेटो बाटोमा उनलाई फेला पारेको हो ।

प्रहरीलाई देख्नासाथ सामान छोडेर भागेका प्रजासहितका व्यक्तिलाई प्रहरीले पछ्याउने क्रममा उनी पक्राउ परेका हुन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।