पाकिस्तानमा ९८ जना यात्रु बोकेको जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना  यात्रु बोकेको जहाज दुर्घटना

काठमाडौँ - पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए ३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको छ ।

पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको द डन न्युज टिभीले जनाएको छ । विमान लाहोरबाट कराँची आइरहेको समाचारमा उल्लेख छ ।

सामाजिक सञ्जालमा दुर्घटनास्थलबाट बाक्लो धुँवाको मुस्लो निस्किरहेको देख्न सकिन्छ ।