भारतीय मिडिया विश्वमै बदनाम , हल्लाखोरहरुलाई जवाफ (भिडियोसहित)

काठमाडौँ - नेपाल सरकारले कालापानी क्षेत्रसहितको पूर्ण नक्सा सार्वजनिक गरेपछि नेपाल चीन तिर ढल्कियो भन्दै भारतमा ठूलो खल्बली मच्चिएको छ । भारतको आड भरोसामा बाँचिरहेको देशका रुपमा नेपाललाई भारतमा चित्रण गरिन्छ ।

भारतलाई लाग्छ कि नेपालले उसलाई ठूल्दाईको दर्जामा राखोस्, सधै भारतको नियन्त्रणमा रहोस्  र सकभर भुटानले जस्तै सीमा जोडिएको चीनसँग समेत सम्बन्ध टुटाओस् । भारत नेपाललाई आफ्नै सुरक्षा छातामा राख्न चाहन्छ । नेपालको परराष्ट्र र सुरक्षा आफैं हेर्न पनि चाहन्छ । सिक्कमपछि कश्चिम निलेको भारतले नेपालमाथि सफा दृष्टि राख्छ भन्ने कुनै नेपालीले पनि पत्याउँदैनन् । 

खोसेर, फकाएर, चुसेर होस वा निचोरेर, नेपालको पैशा भारतले आफैंतिर लैजान्छ । वार्षिक खर्बौं नेपाली रुपैयाँ भारत पुग्छ । त्यसको बदलामा भारतले नेपाललाई उसको बजेटमै घोषणा गरेर १० अर्ब रुपैयाँ दिन्छ । उसका स्वतन्त्रता दिवसमा केही थान एम्बुलेन्स बाँडेर आफ्नो प्रभूत्व नेपालमा जमाउन खोज्छ । अब नेपालले खुलेर स्पष्ट रुपमा भन्न सक्नु पर्छ, तिम्रो सहयोग हामीलाई छोप पनि हुँदैन । आजसम्मको सहयोगका लागि धन्यवाद, अबदेखि यस्तो दुःख हामी दिँदैनौं । भारतको सहयोग नलिने र विशुद्ध व्यापारमा ध्यान दिने नीति नेपाल सरकारले लिनु पर्छ । अरुको दान, अनुदानले देश बन्ने भए पाँच दशकसम्म मुलुक यस्तै भइरहँदैन थियो । थप जानकारीका लागि पुरा भिडियो हेर्नुहोस् ।