हिमाल एफ.एम.को एन्टेना घटना ‘नियोजित’ कि ‘भुलचुक’ ?

हिमाल एफ.एम.को एन्टेना घटना ‘नियोजित’ कि  ‘भुलचुक’ ?

काठमाडौँ– सोलुखुम्बुमा रहेको हिमाल एफ.एम.को भाँचीएको टावरको एन्टेना प्रकरण आरोप प्रत्यारोपमा गुज्रिन थालेको छ ।

बुधबार विभिन्न अनलाइन न्युज पोर्टलहरुमा हिमाल एफ.एम.को टावरमा जडित भाँचिएको एन्टेना बालबच्चाले भुलवस लगेकोमा नियोजित भन्दै एफ.एम. सञ्चालकले चर्काे क्षतिपूर्ति मागदावी गरेको र धम्की दिएको समाचार प्रकाशित भए । हिमाली जिल्लामा रहेको उक्त एम.एम.का प्रवन्ध निर्देशक भानुभक्त निरौलाले व्यक्तिगत लाभ लिने कुत्सित नियतले टुटफुट भएको एन्टेनाको २ लाख ४० हजार रुपैयाँ क्षतिपूर्ति माग गरेको समाचारहरुमा उल्लेख छ । मुल्यहिन एन्टेना र भुलचुक गल्तीमा यति ठुलो सजाय दिन खोजिएको भन्दै आरोपित व्यक्तिहरुले यति मोटो क्षतिपूर्ति दिन नसक्ने बताउँदै आएका छन् । 

तर प्रवन्ध निर्देशक निरौलाले जसरी पनि क्षतिपूर्ति दिनु पर्ने भन्दै दवाव र धम्की दिएको आरोपित व्यक्तिहरुको तर्फबाट विमल मगरले बताएका छन् । टोलका बालबालिकाहरुलाई पत्ताले क्षेत्रमा घुमाउन लगेको समयमा एफ.एम.को ढलेको टावरबाट टुटफुट एन्टेना बालबालिकाले अन्जानबस लगेकोमा एफ.एम.ले नियोजित रुपमा मोटो रकम मागेको दावी गरेको छ । 

यता समाचारलाई आधार बनाएर स्वतन्त्र सञ्चारगृह र व्यक्तिमाथि तथ्यहिन लालछना लगाइएको भन्दै हिमाल एफ.एम.ले समाचारको भत्र्सना गरेको छ । एक विज्ञप्ती जारी गर्दै एफ.एम.ले केही स्थानीयले गरेको बदमासीको ढाकछोप गर्न मिडियाको गलतप्रयोग गर्न खोजिएको भन्दै भ्रमपुर्ण समाचारको पछि नलाग्न आग्रह पनि गरेको छ । 

ढलेको टावरको पुनर्निर्माणमा एफ.एमको सिंगो ध्यान केन्द्रित भएको बेला उल्टै एफ.एमले लाखौ रकम असुल्न खोजेको भन्ने भ्रम छरेर राजनीतिक संरक्षणका भरमा चोरीको घटनाबाट उन्मुक्ति पाउन प्रपन्च रचेको भन्दै विना गल्ती रकम असुल्न खोजेको आशयको समाचारको खण्डन गरेको हो ।

एन्टेनाचोरीको विषय सम्बन्धित स्थानीयले स्विकार गरेर पटक पटकमाफी समेत मागेको तर माफीदिननसकिने भन्दै क्षतिपुर्तीको मागगरिएको विज्ञप्ती मार्फत प्रष्ट पारिएको छ  । स्टेशन म्यानेजर शिखरजंग श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘टावरमा रहेको सुरक्षा गार्डको आँखा छलेर महत्वपुर्ण समानहरु टुटफुट गराइ घर लानु सामाजिक क्रियाकलाप हो ? सार्वजनिक सञ्चार माध्यमको सम्पत्तिको संरक्षण गर्नुको सट्टा केही गलत मनसाय भएका व्यक्तिले महंगो सामानहरु उल्टै घर लानुलाइचोरी नभनेर के भन्ने ?अनि त्यस्ता कार्यमा संलग्नहरुलाई राजनीतिक संरक्षण गर्ने नियतका साथ केही अनलाइनको प्रयोग गरि ल्याइएको भ्रामक समाचारको खण्डन गर्दछौ ।’

एफ.एम.का प्रबन्ध निर्देशक भानुभक्त निरौलाले रकम असुल्ने योजना विफल लगायतका प्रचारमा कुनै सत्यता नभएको बताएका छन् । व्यवसायिक पत्रकारितालाई दख्खल पुर्याउने गरी नियोजितरुपमा जिल्लाका केही राजनीतिक नेताहरु समेत लागि परेको दावी गरे । उनले भने, ‘पूर्वाग्रही सोँच राखेर केही सञ्चारकर्मी र जिल्लाका व्यक्तिहरु भ्रम फैलाएर चरित्रहत्या गर्न केन्द्रित बनेका छन् ।’ यद्यपी एफ.एम.को टावरबाट केही महत्वपूर्ण सामग्री चोरी भएको र सौहार्दपूर्णरुपमा क्षतिपूर्तिको माग भने गरिएको  एफ.एफ.ले जनाएको छ ।