कोरोना संक्रमित भेटिएपछि राजधानीको मैतीदेवी क्षेत्र सिल

कोरोना संक्रमित भेटिएपछि राजधानीको मैतीदेवी क्षेत्र सिल

काठमाडौँ  - काठमाडौँको मैतीदेवीमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । मैतीदेवी बस्ने रामेछापका पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी भाइसँगै बस्दै आएका थिए । संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ । मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ।