जीवन जिउने कला

जीवन जिउने कला

काठमाडौँ -  हामी सधै जीवन जिउने कुरा गर्छौं । जिउने कला सिक्छौं । यसरी जिउने, त्यसरी जिउने भन्दा भन्दै सबै समय गुज्रिएर जान्छ ।

जीवन कसरी जिउने ? यसको कुनै फर्मूला छैन । किनभने फरक बर्ग, बर्ण, भूगोल, संस्कृति, हावापानीले पनि मानिसको जिउने शैलीमा प्रभाव पार्छ । एउटा भूगोलमा जन्मिएका मानिसले जुन ढंगले जिउने अभ्यास गर्छ, अर्को गोलार्द्धका व्यक्तिले त्यसको हुबहु अनुशरण गर्न सक्दैन । त्यसैले जीवन यसरी जिउनुपर्छ भनेर सर्वमान्य फम्र्याट तयार गर्न सकिदैन ।

तर, जीवन जिउनु एक कला हो । जन्मिएपछि हामी बाँच्छौं । तर, कस्तो जीवन बाँच्छौं भन्ने कुरा हाम्रो कलाको कुरा हो । कसैले गुणस्तरिय जीवन बाँच्छन्, कसैले बेकारको जीवन बाँच्छ । एउटा भनाई छ, ‘जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन । तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ ।’