राती अबेर सुत्दा के फरक पर्छ ?

राती अबेर सुत्दा के फरक पर्छ ?

काठमाडौं -घर बाहिर जानु छैन । कामको चटारो छैन । दिनभर घरमै बस्ने त हो । किन चाडै सुत्नु ? मध्यरातसम्म बसे भइहाल्छ । बिहानसम्म सुते भइहाल्छ । अहिले धेरैले गर्नसक्ने तर्क हो यो ।

एक हिसाबले ठिकै लाग्छ, ‘दिउँसो काममा जानु छैन । रातभर जागे के फरक पर्छ ? टिभी हेर्दै, फेसबुक चलाउँदै मध्यरातसम्म बस्न सकिन्छ ।’

तर, जसरी हाम्रो सुत्ने तालिका र’ डबड हुन्छ, स्वास्थ्य पनि गडबड हुन्छ । यसले हाम्रो नियमित सुत्ने तालिका लथालिंग बनाइदिन्छ । अन्य दिनमा हामी जसरी नियमित सुत्ने र उठ्ने तालिका पालना गथ्र्याैं, त्यो बिग्रिन्छ । र, यसको असर लामो समयसम्म रहिरहन्छ ।

अर्थात अरु बेला हामी ९–१० बजेभित्र सुत्ने गथ्र्यौं । त्यही समयमा झ्याप्प निद्रा लाग्थ्यो । बिहान ५–६ बजे निद्राले छाड्थ्यो । ज्यान चंगा हुन्थ्यो । सबै काम नियमित हुन्थ्यो ।
तर, जब राती सुत्ने तालिका मिल्दैन, दिनचर्या नै बिग्रिन्छ । न खाने समय मिल्छ, न काम गर्ने । यसरी जथाभावी खाने, बस्ने र काम गर्ने शैलीले स्वास्थ्यमा हानी गर्छ ।

के हुन्छ समस्या ?

राती अबेरसम्म बस्ने । बिहानभर सुत्ने बानीले मधुमेहको जो’खिम बढाइदिन्छ । टाइप २ मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोग लग्ने संभावना अधिक हुन्छ ।

चिकित्सकका अनुसार राती ढिलो सुत्ने व्यक्तिमा गलत खानपानको बानी बस्छ । त्यसले मोटोपन र मुटु रोगको समेत समस्या निम्त्याउँछ ।