नेदरल्याण्ड्सको शीर्ष डिभिजनको फुटबल रद्द हुने सम्भावना

नेदरल्याण्ड्सको शीर्ष डिभिजनको फुटबल रद्द हुने सम्भावना

काठमाडौँ - नेदरल्याण्ड्सको शीर्ष डिभिजनको फुटबल रद्द हुने सम्भावना बढेको छ । डच फुटबल एसोसिएसनले एरेडिभिज सिजन २०१९–२० लाई निरन्तरता नदिने सम्भावना रहेको जनाएको छ । कोरोना भाइरसका कारण डच सरकारले सेप्टेम्बर १ सम्म खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएपछि एसोसिएसनले लिग रद्द गर्ने तयारी गरेको हो ।

डच फुटबलको सर्वोच्च निकाय केएनभीबीले स्टेटमेन्ट जारी गर्दै यस सिजन निरन्तर गर्ने मनसाय नरहेको जनाएको छ । यद्यपि, युइएफसँग छलफल गरेर यसबारे अन्तिम निर्णय लिने जनाएको छ । युइएफएले मंगलबार मात्रै युरोपका केही लिगहरू रद्द हुन सक्ने जनाएको थियो । पछिल्लो निर्णयको बारेमा छलफल गर्ने लिगका क्लबहरूबीच भोली छलफल हुनेछ ।