डीआईजी बसन्त लामा बागमती प्रदेश प्रमुख सम्हाल्दै

डीआईजी बसन्त लामा बागमती प्रदेश प्रमुख सम्हाल्दै

काठमाडौँ - सोमबार पदोन्नती भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्त कुमार लामालाई बागमती प्रदेशका प्रमुखको रुपमा खटाएका छन् । सरकारले उनलाई सोमबारदेखि बागमती प्रदेशको जिम्मेवारी थमाएको हुन् । यस्तै, गृह मन्त्रालय स्रोतका अनुसार प्रदेश नम्बर १ मा डीआईजी ईश्वरबाबु कार्कीलाई पठाउने भएको छ ।

प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, गण्डकी प्रदेशमा प्रकाशजंग कार्की, प्रदेश नम्बर ५ मा रबिन्द्र बहादुर धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई पठाउने भएको हो । यस्तै सीआईबीमा सहकुलबहादुर थापालाई पठाउने गृह स्रोतले जानकारी दिएको छ ।

निरज शाही, प्रद्युम्न कार्की र सोमबार नै बढुवा भएका अरुणकुमार बीसी तथा धनश्याम अर्याललाई अख्तियार, विशेष व्यूरो, तालिम केन्द्र र प्रधान कार्यालयको जिम्मेवारी दिने तयारी छ । सिफारिस भएको १० दिनपछि नवनियुक्त १० डीआईजीलाई सोमबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले नवनियुक्त डीआईजीहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

गत चैत २८ गते बढुवा समितिले १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो ।