प्रदेश २ सरकारले विपन्न परिवारलाई घरमै राहत र्पुयाउने

प्रदेश २ सरकारले विपन्न परिवारलाई घरमै राहत र्पुयाउने

काठमाडौँ  -विपन्न परिवारलाई प्रदेश नम्बर २ सरकारले वडामार्फत घरमै राहत र्पुयाउने गरी निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गरीब र विपन्न परिवारलाई दोश्रो चरणको राहत वितरणका लागि वडामार्फत वितरण गर्ने योजना अघि सारेको हो । पहिलो चरणमा प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमा राहत पु-याउने योजना ल्याएको छ ।

स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको लिष्टको आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत सामग्री खरिद गरि प्याकेट तयार गरेरै लिष्टसहित वडालाई जिम्मा लगाउने र वितरण गरिने निर्णय गरेको हो ।

साथै सो राहत प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारलाई वडाले वितरण गरिसक्नुपर्ने निर्णय पनि गरेको छ । त्यसैगरी मन्त्रिपरिषदको बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ । उक्त रकमले थप पिसिआर मेसिनसहितका अन्य उपकरणहरु खरिद गरिने जनाइएको छ ।