विदेशी खेलाडीलाई ईङ्ल्याण्ड फर्कन म्यान्चेष्टर युनाईटेडको आग्रह

विदेशी खेलाडीलाई ईङ्ल्याण्ड फर्कन म्यान्चेष्टर युनाईटेडको आग्रह

काठमाडौँ  - म्यान्चेष्टर युनाईटेडले विदेशी खेलाडीलाई ईङ्ल्याण्ड फर्कन गरेको छ ।    सम्भावित अभ्यास सत्रलाई लक्षित गर्दै युनाईटेडले घरमै एकान्तवासमा रहेका खेलाडीलाई ईङ्ल्याण्ड फर्कन आग्रह गरेका हो । सरकारले सामाजिक दुरी कायम राख्न निर्देशन दिएपछि गत मार्चमा युनाईटेडको अभ्यास सत्र बन्द गरिएको थियो । युनाईटेडले पहिलो टिमको अभ्यास सुरु गर्ने मिति टुङ्गो लगाएको छैन ।

सरकारको सुझाव अनुसार अभ्यास मिति तय गरिने बताईएको छ । तर विदेशमा रहेको खेलाडीलाई आगामी हप्ताभित्र ईङ्ल्याण्ड फर्कन भनिएको छ । गत जनवरीमा अनुबन्धन गरिएका ब्रुनो फर्ना्न्डिस आफ्नी पत्नी र छोरीसंग पोर्चुगल गएका थिए । प्रिमियर लिगले अवरुद्ध सिजन पुन सुरु गर्ने मिति तय गरेको छैन । तर केही क्लबले प्रशिक्षण सुरु गरिसकेका छन् । प्रिमियर लिग आगामी जुनमा सुरु गर्ने लक्ष्य सहित तयारी गरिएको छ ।