सिजनका खेल गतिविधि रद्द गर्ने तयारीमा फ्रान्स सरकार, कोरोनाको जोखिम कम नभए फुटबल देखि इन्डोर प्रतियोगिता सबै रोक्ने तयारी

सिजनका खेल गतिविधि रद्द गर्ने तयारीमा फ्रान्स सरकार,  कोरोनाको जोखिम कम नभए फुटबल देखि इन्डोर प्रतियोगिता सबै रोक्ने तयारी

काठमाडौँ  - फ्रान्स सरकारले सबैखाले खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएसँगै यो सिजनको ‘लिग वान’ र ‘लिग टु’ नहुने भएका छन् । कोरोना भाइरसको जोखिम रहेसम्म फ्रान्स सरकारले सबै खाले खेल गतिविधिमा रोक लगाउने तयारी गरेको हो । बुधबार बिहान फ्रान्सका प्रधानमन्त्री इडोराड फिल्लिपेले २०१९र०२० का सबै खेल गतिविधि रद्द गर्ने योजना सुनाएका हुन् ।

मे ११ सम्म कोरोनाको जोखिम कम नभए फुटबल देखि इन्डोर प्रतियोगिता सबै रोक्ने तयारी सरकार गरिरहेको उनले बताएका हुन् । यद्यपि फ्रान्सको फुटबलको नियामक निकायले जुन १७ देखि जुलाई २५ सम्म सकाउनेगरि बीचमै रोकिएका लिग वान र टु पुनस् सुचारु गर्ने अपेक्षामा छ । फ्रान्समा मार्च १३ देखि फुटबलका गतिविधि ठप्प छन् ।

अहिलेसम्म लिग डे फ्रान्स (एलएफडी) सिजन रद्द गर्ने बारे भने कुनै निर्णय लिइसकेको छैन् । लिगको सिजन अन्त्य गर्दा रेलिगेसन गर्ने र प्रमोट गर्ने भन्ने पनि निश्चित भइसकेको छैन् । लिग वानमा १० चरणका खेल बाँकी हुँदा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ५६ अंकसहित शीर्ष स्थानमा छ ।