कोरोना भाइरसको महामारीका कारण रोकिएको सिरिए ए फुटबल पुनःसुचारु गर्ने तयारी

कोरोना भाइरसको महामारीका कारण रोकिएको सिरिए ए फुटबल पुनःसुचारु गर्ने तयारी

काठमाडौँ  - कोरोना भाइरसको महामारीले सबैभन्दा नराम्रोसँग प्रभावित बनेको इटालीमा खेलकुद गतिविधि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएको सिरी ए फुटबलका खेलहरु पुनः सुचारु गर्ने तयारी भएको छ ।

जसका लागि पहिलो चरणमा आगामी मे ४ देखि टिमहरु व्यक्तिगत प्रशिक्षणमा सहभागी हुने भएका छन् । इटालीमा लकडाउन खुकुलो पार्ने प्रकृया सुरु भएसँगै मे ४ देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुन पाउने भएका हुन् ।

यस्तै मे १८ देखि टिम प्रशिक्षण गर्न पाइने भएको छ । रोकिएका सिरी ए का खेलहरु मे २७ देखि जुन २ को बीचमा शुरु हुने आशा गरिएको छ । यो सिजन अगस्टको सुरुवातमा अन्त्य गर्ने तयारी रहेको छ । तर सिरी ए फुटबलका खेल बन्द रंगशालमै पनि कहिलेदेखि सुरु हुनेछ भन्ने औपचारिक घोषणा भने अझै गरिएको छैन ।