प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित

प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित

काठमाडौँ  - कोरोना भाईरसको कारण स्थगित इन्ग्लिश प्रिमियर लिग फुटबल पुन सुचारु गर्ने बिषयमा छलफल गर्न एकसातापछि बैठक बस्ने भएको छ । स्काई स्पोर्ट्सका अनुसार लिग पुनः सुचारुका लागि अप्रिल ३ मा बैठक बोलाईएको छ ।

बैठकमा २० क्लबको सहभागिता रहनेछ । कोरोनाको कारण विश्वको खेलकुद तालिका अस्तव्यस्त बनेका बेला  प्रिमियर लिग अप्रिल ३० सम्मको लागि स्थगित गरिएको छ । बैठकले लिगको नयाँ मिति तोक्ने बताईएको छ । यस सिजनको बाँकी लिग खेल जुन १ बाट सुरु गर्ने तयारी भईरहेको बुझिएको छ ।