इंग्ल्यान्ड र वेष्ट इण्डिजबीच आगामी जुनमा तय भएको टेष्ट सिरिज सर्ने सम्भावना

इंग्ल्यान्ड र वेष्ट इण्डिजबीच आगामी जुनमा तय भएको टेष्ट सिरिज सर्ने सम्भावना

काठमाडौँ -  कोरोनाका कारण इंग्ल्यान्ड र वेष्ट इण्डिजबीच आगामी जुनमा तय भएको टेष्ट सिरिज सेप्टेम्बरसम्मको लागि सर्ने सम्भावना बढेको छ । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण सिरिज सर्ने भएको हो । सिरिजको बिषयमा इंग्ल्यान्ड क्रिकेट बोर्ड र वेष्ट इण्डिज क्रिकेट बोर्डबीच छलफल भएको छ ।

घरेलु टिम इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको सिरिज आगामी जुन ४ बाट हुने तय भएको थियो । दुई टोलीबीच तीन खेलको सिरिज हुने तालिका रहेको थियो ।

वेष्ट इण्डिजले भने उक्त सिरिज आफ्नो देशमा खेल्न इंग्ल्यान्डलाई प्रस्ताव राखेको छ । तर, टेष्ट सिरिजको ठोस निस्कर्ष भने आएको छैन । इंग्ल्यान्डले आयरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय सिरीज सेप्टेम्बरसम्मको लागि स्थगित गरिसकेको छ ।