राष्ट्रिय फुटबल टिम र ईङ्ल्याण्डको सी टिमबीच तय भएको मैत्रीपूर्ण खेल रद्व

राष्ट्रिय फुटबल टिम र ईङ्ल्याण्डको सी टिमबीच तय भएको मैत्रीपूर्ण खेल रद्व

काठमाडौँ  - राष्ट्रिय फुटबल टिम र ईङ्ल्याण्डको सी टिम हुने तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्व भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै मैत्रीपूर्ण खेल रद्व भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) र ईङ्ल्याण्ड फुटबल संघबीच मैत्रीपूर्ण खेल सहित फुटबल विकासमा सहकार्य गर्ने बारेमा जनवरीमा प्रारम्भिक सहमती पत्रमा हस्ताक्षर भएको थियो ।

सोही अनुसार नेपालको राष्ट्रिय फुटबल पुरुष टिम र ईङ्ल्याण्डको सी टिमबीच एल्डरसटमा मे २५ मा मैत्रपूर्ण खेल खेलाउने समय तय भएको थियो ।तर कोरोनाको प्रभावका कारण सो खेल रद्व गरिएको एन्फाले जनाएको छ । नेपालले अर्को बर्ष सो खेल आयोजनाको प्रस्ताव ईङ्ल्याण्डको सी टिमसंग राखेको छ ।