माया लाउदाको म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

काठमाडौँ  - डिलाईटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहाल परीश्रमीको रचनामा नयाँ गीत माया लाउदाको म्युजिक भिडियो सार्बजनिक भएको छ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको सो गीतमा प्रसिद्घ संगीतकार शम्भुजीत बास्कोटाको संगीत रहेको छ ।

सो गीतमा लोकप्रीय गायिका मीलन अमात्यको श्वर रहेको छ । मायाप्रीतिकै कथाबस्तु रहेको सो गीतमा आशिष दाहाल, करिश्मा ढकाल र सुदिप भट्टराईको अभिनय रहेको छ । यस भिडियोलाई नमराज घिमिरेले खिच्नु भएको हो भने सम्पादन, कलर, तथा निर्देशनको काम शक्ति प्रज्वल घिमिरेले गर्नु भएको छ