पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्ना होटेललाई अस्पताल बनाउने

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्ना होटेललाई अस्पताल बनाउने

काठमाडौँ  - पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूले स्थापना गरेका होटेललाई कोरोना भाइरसविरुद्ध लड्नका लागि अस्पतालमा परिणत गर्ने भएका छन् । 

कोरोना विरुद्धको लडाईंमा सहयोग गर्नका लागि रोनाल्डोले पोर्चुगलमा आफूले स्थापना गरेका होटेलहरुलाई अस्पतालमा परिणत गर्ने घोषणा गरेको स्पेनी खेलकुद अखबार मार्काले जनाएको छ । सीआर ७ होटेलहरु अस्पतालमा परिणत गरेपछि त्यहाँ निशुल्क उपचार गर्न सकिने जनाइएको छ । त्यसको सम्पूर्ण शुल्क रोनाल्डोले व्यहोर्नेछन् ।

केही दिनअघिमात्र सामाजिक सञ्जालमा सूचना जारी गर्दै ‘सबै स्वार्थबाट माथि उठेर हामीले हाम्रो जीवन बचाउनु पर्छ,’ भनेका थिए । उनी आफैं अहिले पोर्चुगलको मेडेइरा टापुमा क्वारेन्टाइनमा बसिरहेका छन् ।