भारतीय चर्चित फ्रेन्चाइज लिग इण्डियन प्रिमियर लिग १७ दिन पछाडी स-यो

भारतीय चर्चित फ्रेन्चाइज लिग इण्डियन प्रिमियर लिग  १७ दिन पछाडी स-यो

काठमाडौँ  - कोरोना भाइरसको त्रासका कारण विश्वभर खेलकुद प्रतियोगिता रोकिएका छन् ।  मार्च २९ देखि सुरु हुने तय भएको भारतीय चर्चित फ्रेन्चाइज लिग इण्डियन प्रिमियर लिग (आईपीएल) १७ दिन पछाडी धकेलिएको छ । 

नयाँ मिति अप्रिल १५ मा पनि लिग सुरु हुनेमा शंका छ । त्यसैले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) फ्रेन्चाइज टिमहरु निरन्तर छलफल गरिरहेको छ । यस्तै, आईपीएललाई छोट्टाएर खेलाउन सकिने समेत जनाइएको छ ।

’१५ दिन त्यसैपनि ढिलो हुनेछ । त्यसैले लिगलाई छोट्याउनु पर्छ । कति दिन छोट्याउने भनेर अहिले सम्म टुङगो लागेको छैन । भाइरसकै कारण दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय सिरिज समेत भारतले रद्द गरिएको छ । भारतमा कोरोना भाइरसको कारण १ सय ५ संक्रमित छन् । जसमा २ जनाको ज्यान गएको छ ।