रारा गोल्डकपको फाइनलमा पुलिस र मनाङ खेल्दै

रारा गोल्डकपको फाइनलमा पुलिस र मनाङ खेल्दै

काठमाडौँ  - पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लव र मनाङ मस्र्याङ्दी क्लव भिड्दैछन् ।

पोखराको नवनिर्मित रंगशालामा दिउँसो २ बजे सुरु हुने खेलले १८ औं संस्करणको आहा – रारा गोल्डकपको उपाधि बिजेताको टुंगो लाग्नेछ । साविकको विजेता थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस प्रतियोगिताको नवौं पटक फाइनल पुगेको हो ।

मनाङ विभागीय टिम आर्मीलाई ३–१ गोल अन्तरले पराजित गर्दै दशौं पटक उपाधि नजिक पुगेको हो । १८ औं संस्करण आईपुग्दा पुलिस सातौं पटक आहा रारा गोल्डकपको उपाधि जित्न चाहन्छ । पुलिस प्रतियोगिताको सर्बा्धिक सफल टिम पनि हो । यस्तै पुलिसलाई पछ्याउने क्रममा रहेको मनाङले ५ पटक उपाधि जितेको छ । मनाङ र थ्री स्टार समान ५ पटकका च्याम्पियन हुन् ।