शेर्पा किदुग यूएईको लोसार सम्पन्न

शेर्पा किदुग यूएईको लोसार  सम्पन्न

काठमाडौँ -  शेर्पा किदुग यूएईले नेपालको सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्याक फो च्यिवा लो” २१४७ औं ग्याल्पो लोसारको अवसरमा  लोसार साँझ सम्पन्न भएको छ ।

किदुगले शुक्रबार बरदुबइस्थित अस्टोरिया होटेलमा ‘च्याक् फो च्यिवा लो’ को शुभकामना आदानप्रदान तथा लोसार साँझ(२०२० कार्यक्रम गरी लोसार मनाइएको हो ।

प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष महेश मोक्तानले प्रवासमा समेत शेर्पाहरू एकीकृत भई आफ्ना चाडपर्वलाई संरक्षण तथा सम्बर्द्धन गरेकोमा धन्यवाद दिनु भयो । उहाँले नेपाल सरकारले आदिवासीहरुको चाडपर्वमा दिदै आएको बिदा कटौती गरेर पुनः राणाकालीन अवस्थाको झल्को दिएको समेत बताउनु भयो । 

विशेष अतिथि नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकालले नेपाल सरकारले विभिन्न जातजातिका चाडपर्वमा बिदा नदिएकोमा आपत्ति जनाए ।  आफ्ना अस्तित्व वा पहिचान जोगाउन आफै लाग्नुपर्छ, र आजैबाट लड्न सुरु गर्नुस् हाम्रो एक्यवद्धता छ’ । ‘ सम्पूर्ण जातजाति, भाषाभाषी र धर्मसंस्कृतिलाई संरक्षण एवं सम्बर्द्धनका लागि नेपाली समाज युएई कटिबद्ध छौ,’ उहाँले भन्नुभयो । 

शेर्पा किदुग युएईका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष पासाङ शेर्पाले जातीय संस्थाहरू गरेका कार्यक्रमहरू नेपालीकै कार्यक्रम भएको बताउनु भयो । उहाँले  बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक भएका देशका नागरिक हामी सबै एक हुनु पर्ने बताउनु भयो । कार्यक्रम विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थितिरहेका थियो ।

कार्यक्रमका  नेपालबाट आमन्त्रित गायक एपी शेर्पाले आफ्ना दम्दार प्रस्तुति दिएर दर्शकलाई भरपुर मनोरञ्जन दिए । त्यस्तै अर्का आमन्त्रित गायक गोम्पो शेर्पाका प्रस्तुतिले कार्यक्रमको माहोल तातेको थियो  ।

प्रवासमा आफ्ना धर्मसंस्कृतिलाई संरक्षण एवं प्रवर्द्धन गरी जातीय मौलिकता झल्काउने लोसार  कार्यक्रमका सभापति किदुगका अध्यक्ष निमा शेर्पा रहनु भएको थियो । कार्यक्रमलाई नेपाली गोल्ड एण्ड ज्वेलरी बरदुबइ र नशा नेपाली लाइभ दोहोरी साँझले प्रायोजना गरेको थियो  ।